भुस्याहा कुकुरले गर्छन चौकीदारी



थाइल्यान्डमा भुस्याहा कुकुरलाई राति सडकको चौकिदारीमा खटाइने भएको छ ।
सडक तथा गल्लीहरुमा भुस्याहा कुकुरले निकै हैरान पारेपछि समस्या बाट छुटकारा पाउन थाईहरुले यस किसिमको उपाय अपनाएका हुन् । भुस्याहा कुकुरले अब कुनै तालिम बिना सडकको चौकिदारी गर्ने छ ।

थाइल्याण्डको एक विज्ञापन एजेन्सीले स्मार्ट गन्जीको विकाश गरेको छ जसले भुस्याहा कुकुरलाई चौकिदारमा परिणत गर्नेछ ।

त्यो स्मार्ट गञ्जीमा लुकेको क्यामरा हुनेछ । साथै गन्जीमा सेन्सर पनि हुनेछ जसले कुकुर भुकेसँगै लाइभ भिडियो स्ट्रिम गर्नेछ र त्यसलाई कम्प्युटर वा मोबाइलमा हेर्न सकिनेछ । रातभरी चोक तथा सडकमै बरालिने भुस्याहा कुकुरहरुलाई अब सोही गञ्जी लगाइदिने योजना छ ।

यस्तो गञ्जी लगाएका भुस्याहा कुकुरहरु रातभर चोक चोक तथा सडक सडकमा भएपछि रातको समयमा हुने अपराधका घटनामा कमी आउने विश्वास गरिएको छ । आफ्नो नजिकै कुनै मानिस आएर आपराधिक घटना हुन थालेमा वा भएमा भुस्याहा कुकुर भुक्नेछ र यसरी भुक्दा त्यहाँको लाइभ दृश्य अफिसको कम्प्युटरसम्म वा सम्बन्धित मानिसको मोबाइलमा हेर्न सकिनेछ ।

यस्तो स्मार्ट गन्जी चेइल नामक कम्पनीले बनाएको हो, जुन सामसुङको भगिनी कम्पनी हो ।

भुस्याहा कुकुरहरुको अधिकारका लागि पैरवी गर्ने संस्था सोइ डग फाउन्डेसनले यस्तो सकारात्मक कामका लागि भुस्याहा कुकुरको उपयोग गर्ने योजना राम्रो भएको जनाएको छ ।

एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics