काठमाडौंको फोहोर बिर्सजन बन्चरे डाँडामा
- नेचर खबर

काठमाडौंको फोहर विसर्जन केही समयपछि नुवाकोटको वन्चरे डाँडामा हुने भएको । यसअघि काठमाडौं महानगरपालिकाले सिसडोलमा फोहर विसर्जन गदैं आएको छ ।
फोहर फाल्ने सहमति भएको समय सकिँदा पनि कामपाले अन्य स्थानमा फोहर व्यवस्थापन गर्न नसकेकाले सिसडोलका स्थानीयवासीले समय समयमा अवरोध गर्दै आएका छन् ।
१३ वर्षअघि दुई वर्षका लागि सिसडोलका स्थानियवासीसँग कामपाले फोहर फाल्न सहमति गरेको थियो ।
कामपाबाट मात्र हाल दैनिक ५०० टन फोहर सिसडोल लाने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस