तपाँइले ‘ ट्रम्प फर्सी ‘ खानुभएको छ ?

तपाँइले हेर्दै आकर्षक र अनौठा आकारका फलफुल देख्नुभएको वा खानुभएको छ । छैन भने अब त्यस्ता फलफुलको उपयोग चाँडै गर्न पाइने अवस्था चीनले श्रृजना गरेको छ ।
चीनमा खाद्यान्न उत्पादनमा काम गर्ने विभिन्न कम्पनीहरूले चिचिलैमा आफूले बनाउन चाहेको आकारका फलफुल बनाइरहेको छ । प्लाष्टिकका खोल हालेर आफूले चाहेजस्तो आकारको फलफुल बनाएर बजारमा ल्याउन थालिसकेको छ ।कलिलैमा खोल हालेका फलफूको आकार अप्राकृतिक त हुन्छ तर हेर्दै रमाइलो, आकर्षक त कुनै कुनै डरलाग्दा पनि बन्छन् ।

अहिले चीनले मुटु आकार, फुटबल आकार, बृद्धको जस्तो अनुहार, डोनाल्ड ट्रम्प आकारका फलफुल निर्माण गरी सकेको छ । यस्ता आकार र अनुहारका फलफुललाई मानिसहरूले महँगो मूल्यमा किन्ने गरेको चिनिँया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics