नेपाल नविकरणिय उर्जा परिसंघमा नयाँ नेतृत्व



नेपाल नविकरणीय उर्जा परिसंघको पहिलो साधारण सभा सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा शुक्रवार उक्त साधारण सभा सम्पन्न भएको हो ।
परिसंघको साधारण सभाको उद्घाटन गर्दै पूर्व मन्त्री तथा परिसंघका सल्लाहकार संयोजक गणेश शाहले नविकरणीय उर्जा प्रविधि र यसको महत्व विश्वभर नै फैलिएको जानकारी दिए । शाहले सम्पूर्ण नेपालीले नविकरणीय उर्जा बारे जानकारी प्राप्त गर्न, उपयोगको लागि पहुँच हुन र लगानीका लागि अवसर सिर्जना गर्नका लागि संवद्ध निकायहरु, सरोकारवालाहरु र परिसंघकोको तदारुकता आवश्यक रहेको बताए ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले वैकल्पिक उर्जा प्रवद्र्धन गर्नमा केन्द्र सफल रहेको बताउँदै आगामी दिनमा संघीय संरचना अन्तर्गत संघीय, प्रादेशिक तथा स्थानीय सरकारका साथ सहकार्य गर्दै वैकल्पिक उर्जा प्रवद्र्धनका लागि कार्यक्रमहरू सञ्चालन गर्ने र निजी क्षेत्रको सहयोग र सहकार्यबाट यस अघिका कार्यक्रमहरू सफल रहेको र निजी क्षेत्रका साथ अघि बढन परिसंघको पनि सहयोग र सदभाव रहने छ भन्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा पूर्व उर्जा सचिव तथा संघीय संरचना निर्माण आयोगका प्रमुख बालानन्द पौडेलले मुलुकलाई उर्जाको माध्यमबाट समृद्ध बनाउन सकिने भएकोले मिश्रित उर्जा प्रविधिमा केन्द्रित भै स्थानीय सरकारहरुका साथ काम गर्न सहज वातावरण निर्माण गर्न परिसंघको महत्वपूर्ण भूमिका हुनसक्ने भएको औँल्याए ।

प्रा.डा.प्रेम शर्मा, नबिन भुजेलले पनि नविकरणीय उर्जा प्रविधिको उत्थान र सबैको पहुँचमा पुग्न परिसंघबाट कार्यक्रमहरू अघि बढाउनु उपयुक्त हुने जानकारी दिए ।

वातावरण तथा जलवायु परिवर्तन विज्ञ तथा अभियन्ता मञ्जित ढकालले सोही अवसरमा हालै जर्मनीको बोनमा सम्पन्न जलवायु परिवर्तन संवन्धि कोप २३ सम्मेलनमा भएका गरिएका गहन संवाद र सम्मेलनमा उठेका उठाइएका विवाद र सहमतिहरुको व्याख्या गर्दै नेपाल प्राप्त गर्न सक्ने अवसरहरुका चर्चा गरे ।

ढकालले विश्व भेलाबाट कम विकसित राष्ट्रहरु र नेपालले जलवायु परिवर्तन न्युनिकरण र अनुकुलनका लागि सहयोग प्राप्त गर्न विगतका कोप २१ बाट प्रतिपादित पेरिस सहमति क्रियाशील गराउन पनि पहल गरिएको जानकारी गराए । गुणराज ढकालको अध्यक्षतामा कार्यकारी समितिको निर्वाचन सम्पन्न भयो ।

आगामी दुई वर्षको कार्यकालको लागि भएको उक्त निर्वाचनबाट उपाध्यक्षमा उत्तम सिटौला, महासचिवमा पदम दुलाल, कोषाध्यक्षमा हस्त पण्डित र कार्यकारी सदस्यहरुमा केशव राज खनाल, कृष्ण प्रसाद देवकोटा, विश्व राज कार्की, गोकुल गौतम, तेज नारायण ठाकुर, ऋषब राज आचार्य र कृष्ण प्रसाद पराजुली निर्वाचित भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics