काठमाडौँमा २० वर्षे पुराना गाडी गुडेको भेटिएन: ट्राफिक प्रहरी
- नेचर खबर
 
                                                        
 सरकारले प्रतिवन्ध गरेको २० वर्षे पुराना गाडी उपत्यकामा गुडेको फेला पार्न नसकिएको सरकारले जनाएको छ । सरकारले चैत १ गते २० वर्षे पुराना गाडीलाई उपत्यकाको सडकमा गुडाउन प्रतिवन्ध लगाएको छ । 
काठमाडौं ट्राफिक प्रहरी  महाशाखा अनुसार यातायात विभाग र ट्राफिक प्रहरीको  अनुगमनको क्रममा एउटा पनि २० वर्ष पुरानो गाडी गुडेको फेला पार्न सकिएन् । 
२० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा निलाम गरिने यातायात व्यवस्थापन विभागले बताएको छ । 
विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुरानो सवारी साधन हटाउने प्रयास थालेको थियो । तर , पूर्ण रूपमा कार्यान्वयनमा आएको थिएन । 
वायु प्रदूषणका साथै सवारी दुर्घटना बढ्न थालेपछि देशभर चलिरहेको २० वर्ष पुरानो सवारी साधन चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो। 
हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान छ । 

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस