जथाभावी फोहोर फाल्ने कारबाहीमा
- नेचर खबर
 
                                                        
काठमाडौँ महानगरपालिकाले तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्नेलाई चालू आर्थिक वर्षमा ८४ जनालाई कारबाही गरेको छ ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने ८४ जनाबाट कारबाही स्वरुप रु दुई लाख ३७ हजार ३५० असुल गरिएको जानकारी दिए ।
फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् ।
विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम रु ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस