खानेपानीका लागि २४ अर्ब ४ करोड



खानेपानी क्षेत्रको लागि सरकारले आगामी वर्ष २०७५/७६का लागि २४ अर्ब ४ करोड ६५ लाख विनियोजना गरेको छ ।

खानेपानीको लागि मुख्य कार्यक्रम यस्तो छ


  • तीन वर्ष भित्र सबै नागरिकलाई आधारभूत खानेपानी पूर्वाधारमा पहुुँच सुनिश्चित गर्न आगामी आर्थिक वर्ष अधुरा आयोजनाहरु यथाशिघ्र सम्पन्न  गर्ने

  • खानेपानीको स्रोत संरक्षण गरी सहरी क्षेत्रमा खानेपानी उपलब्ध गराउन विशेष जलाधार क्षेत्र तोकी संरक्षण र व्यवस्थापन गर्ने कार्यका लागि आवश्यक रकमको व्यवस्था

  • निश्चित समयमा सबैलाई आधारभूत खानेपानी उपलब्ध गराउने गरी स्थानीय तह र सामुदायिक तथा गैर सरकारी संस्थाहरुलृ उपभोतासँग लागत सहभागितामा खानेपानी आयोजनाहरुका लागि समपुरक अनुदानकको व्यवस्था

  • खानेपानी र सिंचाइको आवश्यकता एकसाथ परिपूर्ति गर्ने उदेश्यले प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सैर्य र वायु लगायतका वैकल्पिक उर्जामा आधारित उच्च प्रविधियुत सिंचाइ र खानेपानीक आयोजाहरु सञचालनमा ल्याइने

  • मेलम्ची खानेपानी आयोजना प्रथम चरणको कामलाई यथाशीघ्र सम्पन्न गरी काठमाडौं उपत्यकामा खानेपानी वितरण कार्य सुरु गर्ने

  • मेलम्ची दोस्रो चरणको आयोजना प्रारम्भ गर्नुका साथै खानेपानीके बैकल्पिक स्रोत व्यवस्थापन र एकीकरण गर्ने

  • तराई मधेसमा आर्सनिकबाट सुरक्षित खानेपानी कार्यक्रम

  • ठूला नदीहरुमा नमूना खानेपानी आयोजनास सञचालन गर्न सम्भाव्यता अध्ययन गरिने

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics