वातावरणमाथिको मानवदोहन रोकौँ : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति र वातावरणमाथिको मानवदोहन न्यूनीकरण गरी पृथ्वी जोगाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मानवजातिको भविष्य सुनिश्चित गर्नका लागि पनि सबै मिलेर वातावरण जोगाउनुपर्नेमा जोड दिए ।
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैसँग हातेमालो आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले वातावरण जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताए ।हिमाल र समुद्रलाई बचाउने अभियानलाई तीव्रता दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

वातावरण प्रदूषणबाट कुनै एक मुलुकमात्र आक्रान्त नभई विश्व समुदाय नै प्रताडित रहेको भन्दै यसको रोकथाम र न्यूनीकरणका लागि साझा अभियान आवश्यक रहेको उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले प्रकृति मायालु रहेको भन्दै यसलाई जोगाउन सबैलाई आह्वान समेत गरे । ओलीले भने ,प्रकृति आफै सचेत छ त्यसैले हामीले प्रकृतिलाई सपार्ने कार्यमा लाग्नुपर्छ । ’
सो अवसरमा प्रधानमन्त्री ओलीले ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ कार्ययोजनाको समेत लोकापर्ण गरे ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणको विनासमा मानवजातिको अतिक्रमण बढ्दै गएको भन्दै सरकारले प्रदूषण नियन्त्रण गर्न योजना बनाएर अगाडि बढ्ने बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरी बाहादुर महर्जनले काठमाडौंंका मेयर विद्या सुन्दुर शाक्यसँग मिलेर प्लास्टिक मुक्तm र विद्युतिय गाडी सञ्चालनमा ल्याउने जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले वातावरण संरक्षण र व्यवस्थापनको विषय कुनै एउटा निकायले गर्ने भन्दा पनि यो बहुआयामिक विषय भएकाले सरोकारवाला र संस्थाहरूको परामर्शमा गर्नुपर्ने बताए ।

“प्लास्टिक प्रदूषण निर्मूल पारौँ” : “पुनः प्रयोग गर्न नसके बहिष्कार गरौँ” भन्ने नाराका साथ देशभर वातावरण दिवस मनाइएको हो ।

नेपाल सरकारले वातावरण दिवसको अवसर पारेर स्वच्छ वातावरण महाअभियानको समेत सुरुवात गरेको छ ।

कार्यक्रममा वातावरणको क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मानित गरिएको थियो ।

सम्मानित हुने जल विनायक सामुदायिक वन उपभोक्ता समूह किर्तिपुर नगरपालिका, पर्यावरण दिगो विकास एवं अनुसन्धान केन्द्र नेपाल, बिजौरी,दाङ रहेका छन् । यस्तै पत्रकारिता मार्फत वातावरण क्षेत्रमा योग्दान पुर्‍याएको भन्दै हिमाल खबर साप्ताहिका मुकेश पोखरेल र कान्तिपुर पत्रिकाका मनोज पौंडेललाई नगदसहित सम्मान गरिएको छ । पुरस्कृत सबैजानाले जनही ५० हजार प्राप्त गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics