चट्याङ पर्दा दुई विद्यार्थीको मृत्यु



सुर्खेतको चिङ्गाड गाउँपालिका–४ धनापानी मटेलास्थित मालिका प्राविको छानामा चट्याङ पर्दादुई विद्यार्थीको मृत्यु भएको छ।

कक्षा २ मा अध्ययनरत ७ वर्षीया निर्मला चन्द र ६ वर्षीय अम्मर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै बिहान साढे ११ बजे परेको चट्याङ लागेर सात विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये दुई विद्यार्थी सामान्य उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics