‘तीन दिन सम्म बाढीको खतरा छैन ’



मनसुन सुरु भइसके पनि अझै केहि दिन ठूलो बाढीको आउने सम्भावना नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको बाढी बुलेटिनमा असार४ ,असार ५ र असार ६मा देशको पूर्वी र मध्य भूभागमा धैरै जसो स्थानमा र पश्चिमी भूभागका धेरै जसो स्थानमा र पश्चिमी भूभागमा केही स्थानमा हल्का देखि मध्यम सम्म वर्षाको सम्भावना देखिएको उल्लेख गरेको  छ ।

बुलेटिन अनुसार देशको सबै प्रमुख नदीहरूमा जलसतह सामान्य अवस्थामा छ । देशको ठूलो नदीहरूमा बाढीको सम्भावना नरहे पनि देशको पूर्वी र मध्य भूभागका पहाडी क्षेत्रबाट बहने स–साना खोला आसपास र पहिरोग्रस्त क्षेत्रकम सचेतना अपनाइराख्न जल तथा मौसम विज्ञमा विभागको सार्वजनिक गरेको बाढी बुलेटिनमा सुझाव छ ।

यस्तो छ तीन दिनको बाढीको पूर्वानुमान :

असार ४
देशका कुनै पनि प्रमुख नदीहरूमा बहाब उच्च हुने सम्भावना छैन । देशको पहाडी क्षेत्रमा विशेष गरि पूर्व देखी मध्य भूभागसम्म मध्यम सम्म वर्षाको सम्भावना देखिएकोले स–साना खोलानालाहरूमा क्षणिक रूपमा बहाब उल्लेख्य बढ्न देखिन्छ । ठूलो नदीहरूमा हल्लका मात्र बहाब बढ्नेछ ।

असार ५

मंगलबार देशका कोसी, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली कुनै पनि नदीहरूमा बाढी आउने सम्भावना देखिँदैन ।

असार ६

मंगलबार देशका कोसी, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली कुनै पनि नदीहरूमा बाढी आउने सम्भावना देखिदैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics