१० हजार तुलसीको बिरुवा बितरण हुँदै



हरिशयनी एकादशी अर्थात् तुलसी एकादशीका दिन तुलसीको बिरुवा बितरण गर्ने भएको छ । एकादशीलाई हिन्दुहरुको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ ।

धार्मिक दृष्टिले बिष्णु भगवानका प्रतिकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने चलन छ । ब्यवहारिक पक्षलाई हेर्ने हो भने बृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र बातावरणीय दृष्टिले अत्यन्तै पवित्र र विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसीले हरेक घरको शान बढाउने गरेको छ ।

हरिशयनी एकादशीको पुण्य दिन पारेर पुडासैनी मैत्री समाजले पशुपति क्षेत्रमा तुलसी बितरण कार्य गर्दै आइरहेको छ । यो वर्ष पनि हरिशयनी एकादशीको अवसरमा पशुपति क्षेत्रमा राम तुलसी र कालो तुलसी गरि एकब्यक्ति ३ तुलसीका दरले १० हजार तुलसीका बिरुवा नि : शुल्क रूपमा बाँड्न लागिएको छ ।

पशुपति नाथ मन्दिरको पश्चिम ढोका छिने ठाउँ अर्थात् जुत्ता चप्पल राख्ने ठाउँबाट बिहान ७ बजेदेखि तुलसीका बिरुवा उपलब्ध गराउने जानकारी गराइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics