मुलुकभर ८२ प्रतिशत रोपाइँ सकियो

मुलुकभर हालसम्म ८२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि प्रसार निर्देशनालयको तथ्याङ्कअनुसार साउनको झन्डै दोस्रो साता आइपुग्दा ८२ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भएको हो ।

असार महिनामा मौसम सक्रिय भएको र त्यसपछि पनि छिटफुट वर्षा भइरहेकाले रोपाइँ मुलुकभर नरोकिएको कृषि मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले जानकारी दिए । उनले आगामी साउन महिनाभर सतप्रतिशत रोपाइँ हुने र गत बर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्ने बताए ।

समयमै रासायनिक मल उपलब्धता, बीउबिजन र समयमै वर्षा भएकाले पनि यस वर्ष उत्पादन बढ्ने अनुमान मन्त्रालयको छ । सुदूरपश्चिम क्षेत्रमा शतप्रतिशत रोपाइँ सकिएको छ ।

अन्य क्षेत्रमा झन्डै ८० प्रतिशत हाराहारीमा रोपाइँ भएको छ । गत वर्ष यही समयमा झन्डै ६८ प्रतिशत मात्रै रोपाइँ सकिएको थियो । गत वर्ष ५१ लाख मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष त्योभन्दा बढ्न सक्ने सहप्रवक्ता सापकोटाको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics