कोशी टप्पुमा अर्ना हेर्ने पर्यटक बढे

Arnaअर्नाका लागि प्रख्यात कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकको संख्यामा बृद्धि भएको छ । दुलर्भ प्रजातिका चरा, अर्ना र डल्फीनसमेत पाइने यो आरक्षमा पछिल्लो आर्थिक बर्षमा पर्यटकको संख्यामा बृद्धि भएको हो । कोशी टप्पु वन्यजन्तु आरक्षका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा उक्त आरक्षमा २१ हजार ७ सय ९९ पर्यटकले भ्रमण अवलोकन गरेका छन् । जसमध्ये आरक्षमा बिदेशी पाहुना ४ सय ३६ र नेपाली पर्यटक २१ हजार ३ सय ६३ जनाले भ्रमण अवलोकन गरेका छन् ।

तथ्याङ्कलाई केलाउने हो भने यो आरक्षमा विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकको संख्या बढी देखिन्छ । विदेशीभन्दा स्वदेशीका लागि यो आरक्ष बढी लोकप्रियता कमाएको भेटिन्छ । बिदेशी पर्यटकको तुलनामा झन्डै सयौँ गुना बढी संख्यामा स्वदेशी पर्यटकले उक्त आरक्षको भ्रमण अवलोकन गरेका छन् । कोशीटप्पुमा आर्थिक वर्षमा २०७३/७४ मा भने ११ हजार २ सय ५२ जनाले मात्रै भ्रमण अवलोकन गरेका थिए । गत आर्थिक बर्षमा झन्डैै दोब्बरको सख्यामा पर्यटक आगमन भएको हो ।

पछिल्लो चार वटा आर्थिक बर्षको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने अर्ना, चरा र डल्फिनलाई हेर्न आउन पर्यटकको संख्यामा क्रमिक रूपमा बृद्धि हुन थालेको छ । पछिल्लो १० आर्थिक वर्ष २०६१/६२ देखि २०७३/७४ सम्ममा अहिलेको जस्तो सङ्ख्यामा पर्यटकहरूको आगमन उक्त आरक्षमा भएको थिएन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार आहाले पछिल्लो समयमा नेपालीहरूमा घुम्ने टे«न्ड बढेको र देशमा राजनीतिक स्थिरतासमेत भएकाले यो आरक्षमा पर्यटकको संख्यामा बृद्धि भएको जानकारी दिए । कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यो विस २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरी तीनवटा जिल्लालाई छोएर निर्माण भएको छ । सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फीनसमेत पाईन्छ ।

तथ्याँकमा हेर्नुस,कुन आर्थिक बर्षमा  कति पर्यटक भित्रिए

२०६१ /६२  :२२३५
२०६२/६३  : ४२०७
२०६३/६४  : ६१४५
२०६४/६५ :  ४५७५
२०६५/ ६६ :  १९६
२०६६/६७ : १८९४
२०६७/६८ :४६६०
२०६८/६९ : ५७०४
२०७०।७१ : ७३२४९
२०७१।७२ : ८७१९
२०७२।७३ :  ९२३७
२०७३।७४ :  ११२५२

स्रोत :  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics