ढलमा परिणत हुँदै सदरमुकामका सडक

सिद्धिचरण नगरपालिकाले सडक मर्मत सुधार तथा ढल निकासका लागि समयमै चासो नदिँदा सदरमुकामका सडकहरू ढलमा परिणत हुन लागेका छन् । सदरमुकामको ढल व्यवस्थापन नहुँदा सडकमा भलपसेर भत्कीदै गएका हुन् । आइतबार राती देखि परेको पानीलाई कटाउनका लागि राम्रो ढलको व्यवस्थापन नहुँदा रमाइलो डाडा देखि मिलनचोक सम्मको मुख्य सडक नै भत्कीएर छियाछिया भएको हो ।

बजार क्षेत्रमा ढलको व्यवस्था गर्ने र हर्कपुर–ओखलढुंगा–सोलु सडक खण्डको ओखलढुंगा बजारक्षेत्रमा ड्रेनलाइ मर्मत गरेर रमाइलो डाँडादेखि मिलनचोक सम्म कम्तीमा चार ठाँउ पानी कटाउने नाली बनाउन पटक पटक अग्रह गरीएपनि सम्बन्धित निकायले बेवास्ता गरेको होटेल व्यवसायिसंघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राईले बताए । बजार सरसफाइ र बाटो व्यवस्थित तथा सुरक्षित बनाउने विषयमा नगरपालिकाको तदारुक्ता नदेखिएको राईको भनाइ छ । रमाइलोडाडा देखि कमेरे जाने सडक बाट बगेको भेल सिधै सडकमा ओइरिएपछि यहाँको पक्की सडक नैभत्किएर छियाछिया भएको हो । सिद्दिचरण नगरपालिकाले सदरमुकामको सडक र ढल व्यवस्थापन गर्नतर्फ ध्यान नदिँदा मुख्य सडककै अवस्था नाजुक बन्दै गएको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाका जनप्रतिनिधिहरू ठुलठुला योजना बनाइटोपल्ने तर ढल निकास तथा सामान्य सडक मर्मत समेत नगर्ने प्रवृत्ति बढ्दै गएकाले आम नागरिकले दुख पाएको उनीहरूको भनाइ छ ।

सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले चुनावी अभियान देखि नै सदरमुकामको सडक, ढलनिकास, सरसफाइ र खानेपानीका योजनालाई प्राथमिक्ता दिने प्रतिबद्धता जनाएपनि हाल सम्म नागरिकले त्यसको अनुभूति गर्न स्थानीय यज्ञबहादुर खड्काले गुनासो गरे । रमाइलोडाडादेखि माथिल्लो भाग कमेरे उकालोको ढल रमाइलोडाडाको पक्की सडक नजिकै लगरे छाडिएका कारण पक्की सडकमा ठुलो क्षति भएको सडक डिभिजन कार्यालय ओखलढुंगाले जनाएको छ । क्षति भएको उक्त सडकमा सामान्य कङक्रीट विच्छ्याए पनि सवारी सञ्चालनमा असहजता कायमै रहेको हर्कपुर ओखलढुंगा सडक डिभिजन कार्यालयका इन्जिनियर शिवप्रसाद तिमल्सीनाले जानकारी दिए । डिभिजन कार्यालयले मुख्य सडक मात्र हेर्ने हुँदा भित्री सडकहरूको मर्मत तथा ढल निकासमा नगरपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिले रमाइलो डाँडा चोकको मुख्य सडक नै भलले खोलेर छियाछिया भएपछि सवारी सञ्चालनमा समस्या आएका यातायात व्यवसायिहरुको भनाइ छ । सडकमा उचित ढल निकास नहुँदा सडक दायाँ वायाको घरहरूमा समेत ढलको फोहोर पानीले डुबान हुनेगरेको स्थानीय सरोज श्रेष्ठले बताए । यसको व्यवस्थापनका लागि सम्बन्धित निकायले समयमै सोच्नु पर्ने स्थानीयले माग गरेका छन् ।

१० घर जोखिममा

गए राती परेको अविरल बर्षका कारण मोलुङ गाउँपालिका ७ र खिजीदेम्बा ५ पातले का १० घर पहिरोको जोखिममा परेका छन् । मोलुङ गाउँपालिका ७ तीन घर पहिरोको जोखिममा परेका र स्थानीय मिङमार शेर्पाको घर पूर्ण क्षति भएको र हेलम्बु शेर्पाका घर जोखिममा पर्नुका साथै उनको २ वटा गोरु पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक निराजन भट्टराईले बताए । त्यसै गरी खिजीदेम्बा गाउँपालिका वडा नम्बर ५ पातलेको माथिल्लो भेगका ७ घर पहिरोको जोखिममा रहेको भट्टराईले जानकारी दिए । उक्त स्थानमा प्रहरी टोली पुगेर मानवीय व्यवस्थापनको तयारी गरिरहेको उनको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics