कैदीले उत्पादन गरेका सामग्रीले बजार पाएनन्

A+ A-



बजार र मुल्य नपाँउदा पाँचथर जिल्ला कारागारमा रहेका कैदीहरुले उत्पादन गरेका सामग्री अलपत्र परेका छन् ।

मुढा,टेबल,कुर्सी लगायतका फर्निचर सहित ढाका र खाँडीका टोपी र कपडा तयार गर्दै आएका उनीहरूका सामानले मुल्य नपाँउदा घाटा सहेर भएपनि बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूले जानकारी दिए ।

यहाँ रहेका १ सय ४७ जना मध्ये ७० जना कैदीले बाहिरबाट सामग्री झिकाएर फर्निचरसँगै ढाका र खाँडीका कपडा तयार गर्दै आएपनि उचित मुल्य र बजार नपाँउदा घाटा सहेरै विक्री गर्नु परेको चौकीदार टेकनाथ रिजालले बताए ।

कैदी गणेश थेगिमका अनुसार हाल पाँचथर कारागारमा मासिक ५ सय थान भन्दा धेरै मुढा तयार गर्नसक्ने जनशक्ति रहेको छ । तर बजार अभावका घाटा सहेरै भएपनि बस्नु पर्ने बाध्यता रहेको उहाँ भनाई छ ।

पाँचथर कारागारमा ढाका कपडा तयार गर्ने कैदी बन्दीहरू ४० को संख्यामा छन् ।
पछिल्लो समय आफुहरुले तयार पारेको कपडा विक्री हुन छाडेपछि क्यारेम बोर्ड खेलेर दिन काट्नु परेको उनीहरूको गुनासो छ ।
पाँचथर कारागारका कैदी बन्दी मुढा बनाउने, ढाकाका कपडा बुन्ने, हस्तकलाका सामान निर्माण गर्ने, सिलाई कटाई आदी काम हुने गरेका छन् ।

कैदी बन्दीले तयार गरेका सामग्री बिक्रीका लागि सहजिकरण गरिदिन उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला संस्था र व्यवसायीसँग पटक पटक पहल गरेपनि कसैले चासो नदिएको कारागार प्रमुख सुरेन्द्र मुखियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics