मृगलाई हानेको गोलीले आफ्नै दाईको मृत्यु

संखुवासभामा शिकारीले मृगलाई हानेको गोलीले आफ्नै दाईको मृत्यु भएको छ ।

आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका-८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । हस्तबहादुर रत्नबहादुरका आफ्नै दाइ हुन् ।

मृतक हस्तबहादुर, उनका भाइ रत्नबहादुर र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर तामाङ फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए ।

रत्नबहादुरले मृगलाई चलाएको गोली हस्तबहादुरको निधारमुनी लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनास्थलबाट समेत १ थान भरुवा बन्दुक बरामद गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics