३ वर्षभित्र काठमाडौंमा मोनाेरेल निर्माण गरिने



काठमाडौंमा उपत्यकामा ३ वर्षमा मनोरेल निर्माण गरिने सम्झौता भएको छ।काठमाडौं र ललितपुर महानगरपालिका र चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) बीच प्रारम्भिक सम्भाव्यता प्रतिवेदनमा बिहिबार हस्ताक्षर भएको छ।

मेयर विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन र सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच हस्ताक्षर भएको हो।
मोनोरेलका लागि आवश्यक संरचनाको लागि १ खर्ब १६ अर्ब लागत अनुमान गरिएको छ। चीनको कम्पनीले बनाएर केही समय चलाएर हस्तान्तरण गर्ने सहमति भएको छ ।

मेयर विद्यासुन्दरले तीन चरणमा निर्माण गर्नेगरी सम्झौता भएकोे जानकारी दिए।६ महिनामा डिपिआर बन्ने, त्यसको ६ महिनापछि काम सुरु गर्ने र त्यसपछिको ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

१७ वटा स्टेसन रहने मोनोरेल प्रतिघन्टा १०० किलोमिटर गतिमा गुड्नेछ। जुन एक पटकमा ३ हजार यात्रु बोक्ने क्षमताको रहनेछ।मोनोरेल प्राविधिक, भौगोलिक, वातावरणीय र आर्थिक रुपमा सम्भाव्य देखिएको छ। कोटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-कोटेश्वर खण्ड गरी तीन चरणमा संरचना निर्माण हुनेछ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics