फोहर फाल्ने नगरवनमा गैंडा

फोहर फाल्ने नगरवन क्षेत्र वरपर गैंडा लगायतका जंगली जनावरहरू आउन थालेका छन् ।

अस्पतालबाट निस्किएको फोहर भरतपूर महानगरपालिकाले नारायणी नदी किनारमा फाल्ने गरेकोले जंगली जनावरहरू फोहर फाल्ने नगरवनको क्षेत्र वरपर आउने गरेको हो ।

वडा न- ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले महानगरले फोहर फाल्ने नगरवनको क्षेत्र वरपर गैंडा लगायतका जंगली जनावरहरू आउने गरेको बताए । ‘एकदिन त मेरो वडा कार्यालयमा नै आयो, यता डुलिरहन्छन्,’ वडाध्यक्ष पण्डितले भने, ‘पक्कै पनि महानगरले फालेको फोहरले ति जनावरहरुलाई असर गरेको छ ।’

महानगरपालिका- ३ को नगरवन छेउबाट नदी किनारामा फोहर फाल्ने गरिएको छ ।

अहिले वर्षका कारण नदीको वल्लो भंगालो छेउमा लगेर दैनिक फोहर फाल्ने गरिन्छ ।

स्थानीयहरुका अनुसार यहाँ अस्पतालजन्य फोहरका रुपमा क्युरेट गरिएका अन्य कारणले मरेका बच्चादेखि सालनाल, काटिएका मानव अंग, धारिला ब्लेड, प्याड लगायतका सामाग्रीहरूसमेत नदी किनारमा फाल्ने गरिएको छ ।

क्यान्सर अस्पताल बाहेकका चितवनका मेडिकल कलेज, सरकारी अस्पताल र नीजि अस्पतालहरुले दैनिक एक टन अस्पतालजन्य फोहर उत्सर्जन गर्ने गरेका छन् । ती फोहरलाई पनि महानगरपालिकाले अन्य फोहर जस्तैं गरी नदी किनारमा फाल्ने गरेको छ । भरतपुर महानगरमा दैंनिक ६५ टन फोहर निस्कन्छ ।

महानगरले अन्यत्र फोहर फाल्ने स्थान नै नभएका कारण नदी किनारमा फोहर फाल्नु वाध्यता भएको जनाउँदै आएको छ ।

धार्मिक हिसावलेसमेत पवित्र मानिएको नारायणी नदीमा बाध्यता भन्दैं फोहर फाल्दैं आएको वर्षौ वित्यो । तर, भरपर्दो विकल्पमा महानगरपालिका जान सकेको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics