सालकको छाला सहित दुईजना पक्राउ



काठमाडौंमा सालको छाला र खपटा (आखेटोपहार) सहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका –१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छाला र खपटा (आखेटोपहार) सहित २ जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

सालकको खपटा ओसार पसार गरी खरिद बिक्री गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थिए । उक्त खपटाको तौल १ केजी १ सय ग्राम प्रहरीले जनाएको छ ।

रामेछाप दोरम्बा गाउँपालिका – २ का १९ वर्षीय देवराज श्रेष्ठ र दोलखा सैलुंग गाउँपालिका –१ का २८ वर्षीय ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

पक्राउ दुवै जनालाई प्रहरीले आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics