फोहोर फाल्ने भीर बन्ने भयो सुन्दर पार्क



फोहोर फाल्ने मध्यपुर थिमि नगरपालिकामा आधुनिक प्रविधिसहितको परम्परागत सुन्दर पार्क निर्माण हुने भएको छ ।

शंखधर चोकबाट बालकुमारीतर्फ जाने उकालो सडकको पश्चिमपट्टि साइडमा रहेको फोहोर फाल्ने भिरालो जमिनमा शंखधर पार्क निर्माण कार्य सुरु भएको हो ।

मध्यपुरथिमि नगरपालिकाले प्राचीन र परम्परागत शैलीमा राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा शंखधर पार्क निर्माण कार्य सुरु भएको छ ।

मध्यपुर थिमि नगरपालिकामा रहेको शंखधर चोक थिमिमा १३० रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिको प्रयोग गरी प्राचीन शैलीको ढुङ्गेधारासहित अपाङ्गमैत्री पार्क निर्माण सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

स्थानीय बासिन्दाले फोहोर फालेर फोहोरको थुप्रो लगाएको र तल सडकसम्मै आउने गरी ठूला–ठूला घाँसहरु उम्रिएको यो क्षेत्रलाई नगरपालिकाले सफा गरी पार्क निर्माणको थालनी गरिएको श्रेष्ठले बताए ।

पार्कका बारेमा जानकारी दिँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले पार्क निर्माणका लागि नगरपालिकाले यस वर्ष एक करोड बजेट विनियोजन गरे पनि त्यसका लागि करिब ३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए ।

पार्कमा तीनवटा धारामा पानी बग्ने व्यवस्था गरिनेछ भने फोहोर फाल्न रोक लगाइने छ । स्थानीयहरुले फोहोर फाल्ने भिरालो जग्गामा आकर्षक शंखधर पार्क बन्ने भए पछि ऊर्जा थपिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics