बाँदरले १२ दिनको बच्चालाई मार्‍यो



नौं महिना पेटमा राखेर जन्माएको छोरालाई जन्मेको १२ दिनमा गुमाउनु पर्ला भनेर कुनै आमाले सोच्न पनि सक्दैन होला । तर जीवनमा कहिले काही नसोचेको कुरा पनि स्विकार गनुपर्ने हुँदो रहेछ ।

भारतको आग्रामा जन्मेको १२ दिनमै आमाले आफ्नो छोरा गुमाइन । कारण थियो बादरको आक्रमण।

आमाले दूध खुवाइरहेको अवस्थामा बादर घरभित्र छिरेर बच्चालाई खोसेर भागेको परिवारले बताएका छन् ।बाँदरको आक्रमण पछि घाइते भएको बच्चा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आफ्नो १२ दिनको छोराको मृत्युपछि आमा बोल्नपनि सकेकी छैनन् ।

स्थानीयबासीहरु उक्त बाँदरको पछि लागेपछि बाँदरले छिमेकीको छतमा लगेर बच्चालाई फालिदिएको थियो ।

बच्चाको अंकल धिरेन्द्र कुमारले १२ दिनको बच्चालाई परिवारले गुमाउनुपर्दा निकै पीडादायिक क्षण भएको बताए।

भारतको उत्तरी क्षेत्र  आग्रामा धेरै नै बाँदरहरु रहेका छन् । स्थानीहरु बाँदरको डर त्रासमा बाचिरहेका छन्। स्थानीयले सम्बन्धीत निकायमा खबर गरेपनि समस्या हल नभएको स्थानीयको गुनासो छ ।

वातावरण अभियानकर्ताले सहरको विस्तार सँगै बाँदर आफ्नो वासस्थान नास भएको कारण खानाको खोजीमा बाहिर निस्कने गरेको बताएका छन् । बाहिर निस्कने क्रममा बाँदरले बच्चाहरूको धेरै आक्रमण गर्ने गरेको पाइएको छ ।

उक्त बच्चाको हजुरआमा पुष्पा देवीले भनिन, ‘मैले मेरो भर्खर जन्मेको नाती गुमाएको छु । यो चोट जिन्दगीभरिको लागि भएको छ । ’

अनुवादः बीबीसी बाट

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics