चिडियाखानामा दुर्लभ जातको कछुवाको आगमन

चिडियाखानामा दुर्लभ जातको कछुवाको आगमन भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन रौतहटको कटहरीया नगरपालिकामा अनुगमन र विधुत शाखाको निरीक्षण गर्ने क्रममा स्थानीयहरूले २०२ किलोको माला लगाएर सम्मान गरेका थिए ।

सो कार्यक्रममा एक स्थानीयले घरमा कछुवा राख्दा धार्मिक हिसाबले शुभ हुने भन्दैे मन्त्रीज्यूलाई कछुवा उपहार दिएका थिए ।

संरक्षणमा  ध्यान पुर्‍याउँदै  वर्षमान पुनले राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानामा आयोजना व्यवस्थापक डा. चिरन्जीवी प्रसाद पोखरेललाई  दुर्लभ कछुवा हस्तान्तरण गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics