चितवनमा एकै बर्षमा चार छावाको जन्म

शनिबार बिहान ५ बजे कर्णालीबाट जन्म भएको भाले छावा ।


चितवन राष्ट्रिय निकुञ्जमा एकै बर्षमा चारवटा  छावाको जन्म भएको छ । शनिबार बिहान ५ बजे कर्णालीबाट भाले छावाको जन्म सहित यो बर्ष  चारवटा छावाको जन्म भएको हो ।

२० वर्षर्की कर्णाली कलीको यो तेस्रो छावा हो । उनले यस अघि २०१२ सालमा भाले छावा र २०१६मा पोथी छावा जन्माएकी थिइ्न् । चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेको अनुसार  आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको जानकारी दिए ।

यो बर्ष तीन वटा भाले छावा र एउटा पोथी छावाको जन्म भएको छ ।

यो वर्ष सबैभन्दा पहिला पुजाकलीबाट असोज २६ गते छेटौं छावाको जन्म भएको थियो । त्यस्तै गणेशकलीबाट कार्तिक १६ गते पाँचौँ छावाको जन्म भएको थियो । मङ्सिर ३ गते तमोरकलीबाट पहिलो बच्चा भाले छावाको जन्म भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार अझै छ वटा हात्ती गर्भवती रहेका छन् । भर्खरै जन्म भएको छावाले दुधमात्र  खुवाईन्छ । निकुञ्जका अनुसार तीन महिना पछि भने छावाहरूलाई अलि अलि खिर पनि खुवाउने गरिन्छ । हात्तीले ६ महिना पछि बिस्तारै घाँस टिप्न सुरु गर्छ ।

हात्ती प्रजनन तथा तालिम केन्द्रको स्थापना पछि ४९ छावाको जन्म भएको छ। जसमध्ये ४ वटाको मृत्यु भएको छ भने हाल ४५ वटा सकुशल रहेका छन् । हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मेका छावाहरू मध्ये कोशि, पर्सा, शुक्लामा समेत पठाइएको छ ।हात्ती प्रजनन केन्द्र २०४२ सालमा स्थापना गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा अहिले ६० वटा हात्ती रहेका छन् । त्यस्तै हात्ती प्रजनन तथा तालिम केन्द्रमा १९ वटा हात्ती छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा भएका ६० वटा हात्ती मध्ये ५ वटा कोसी वन्यजन्तु आरक्षमा दरबन्दीको हो यसलाई पनि निकुञ्जले नै हेर्ने गरेको छ । बाँकी ५५ वटा हात्ती भने चितवन राष्ट्रिय निकुञ्जको आफ्नै हात्ती हो ।

हात्ती नेपालमा पाइने सबैभन्दा ठुलो स्तनधारी जनावर हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics