१२ जिल्ला राष्ट्रिय सरसफाई अभियानमा सहभागी


काठमाडौँको कागेश्वोरीमा देशव्यापी अन्तर विद्यालय सरसफाई तथा पोस्टर प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा १२ जिल्लाहरूबाट ३६ विद्यालयहरूले सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागी विद्यालयहरूले विद्यालय परिसर लगायत अन्य स्थानहरूमा सरसफाई तथा फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना मूलक कार्यक्रमहरू गरेका थिए।

त्यस्तै विद्यालयहरुले सरसफाईका कार्यक्रम, फोहोर व्यवस्थापनका चुनैती र समाधानका उपायहरुलाई विषय बनाई पोस्टर बनाएको थिए। साथै विद्यार्थीहरुमा फोहोर व्यवस्थापन सम्बन्धी जिम्मेवारी बोध गराउन र सरसफाईको सानो प्रयासले समुदायमा ठुलो परिवर्तन ल्याउन सक्ने कुरा अनुभव गराउन विद्यालयहरुले फोहोर न्यूनीकरण, पुन प्रयोग, फोहोर वर्गीकरण जस्ता कार्यहरू गरेका थिए।

उक्त कार्यक्रममा विद्यालयका सदस्य र ३० वटा क्लब तथा समूहहरु गरी ७,५१९ जनाले विद्यालय परिसर सरसफाई गरेका थिए । क्लिन अप नेपाल र अस्ट्रेलियन एम्बेस्सीको संयुक्त सहयोगमा आयोजित यस प्रतियोगिता १५ अगस्ट देखि १५ अक्टोबर २०१८ को बिच सञ्चालन गरिएको थियो । विजयी स्कूलहरुलाई पुरस्कृत गर्नका लागि कागेश्वोरी नगरपालिका र न्यू स्टार पोल स्कुलको सहकार्यमा १० फेब्रुअरी, २०१९ मा पुरस्कार समारोह आयोजना गरिएको हो।

देशव्यापी अन्तर विद्यालय सरसफाई तथा पोस्टर प्रतियोगितामा कागेश्वोरी, मनोहराको न्यू स्टार पोल स्कुल र काठमाडौँको सृष्टि स्कूलले प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गरेका छन् ।

नेपालका लागि अस्ट्रेलियाका राजदूत, पिटर बड र कागेश्वोरीका मेयर, कृष्ण हरि थापाले विजयी विद्यालयहरुलाई पुरस्कृत गरिएको छ।्र दुवै स्कूलहरुलाई गरेर रु ६५,००० बराबरको शैक्षिक सामग्री र डस्टबिन प्रदान गरिएको छ।

समारोहमा, फोहोर व्यवस्थापन सम्बन्धी जन चेतना बाल बालिकाहरुमा दिँदा धेरै प्रभावकारी हुने हुँदा नगरपालिकाको ५ सरकारी विद्यालयहरुमा फोहोर व्यवस्था सम्बन्धी कार्यक्रमको सुरुवात गर्ने जानकारी कागेश्वोरीका मेयरले जनकारी दिए।

नेपालका लागि अस्ट्रेलियाका राजदूत, पिटर बडले स्थानीय संस्था, समुदाय र विद्यालयहरुको सहकार्यमा विश्वव्यापी चुनैतीहरु समाधान भइरहेको बताए । कार्यक्रममा स्कुलका विद्यार्थीहरूले आफ्नो फोहोरका लागि आफै जिम्मेवार हुन पर्ने र व्यक्तिको सानो प्रयासले ठुलो चुनौती समाधान गर्न सकिने कुरा बताएका छन् ।

मेयर थापाले भने “नगरपालिको फोहोर व्यवस्थापन गर्नका लागि स्कुल र स्थानीय संस्थाहरू बिचको सहकार्य र साझेदारीलाई कायम राख्नु पर्ने उल्लेख गरे । ”

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics