विश्व खाद्यय कार्यक्रमले कृषिमा थप सहयोग गर्ने


विश्व खाद्य कार्यक्रम (डब्लुऐफपी) ले कृषिमा थप सहयोग गर्ने भएको छ ।

कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री राम कुमारी चौधरी नेतृत्व को टोली र विश्व खाद्य कार्यक्रम को उप कार्यकारी निर्देशक अमिर महम्म अब्दुलाहसँग बुधवार भएको भेट बार्तामा थप कार्य्रक्रम ल्याउने विषयमा छलफल भएको हो ।

ईटली रोम स्थित विश्व खाद्य कार्यक्रमको केन्द्रीय कार्यालयमा भएको भेट बार्तामा मन्त्री चौधरीले विश्व खाद्य कार्यक्रमले नेपाल सरकारसँग गरी रहेको सहकार्य उल्लेखनीय रहेको बताइन् । खास गरी नेपालमा स्कुलका बच्चाहरूको खाना ,बच्चा र आमाको स्वास्थ्य ,सिचाइ ,खाद्य सुरक्षा ,भूकम्प गए पछि र त्सपछाडी र बाढीपीडितहरुलाइ गरेको सहयोग मनन योग्य रहेको राज्य मन्त्री चौधरीले उल्लेख गरिन ।

सो अवसरमा उप कार्यकारी निर्देशकले नेपाललाई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् ।

कृषि तथा पशुपक्षी विकास क्षेत्रमा नेपालसँग मिलेर थप कार्यक्रम सञ्चालन गर्ने तथा हाल सञ्चालन रहेको खाद्य अनुगमन प्रणालीलाई स्थानीय सरकार र प्रदेश सरकार सम्म सफल रूपमा कार्यन्वयन गर्न सहयोग गर्ने विषय बस्तुमा केन्द्रित भएर छलफल भएको छ ।

उक्त अवसरमा एसिया क्षेत्रीय विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड काटरुडले नेपालको बारेमा नजिक बाट हेरी राखेको र अब ५ बर्से योजना बनाएर अगाडी बढने कुरा उल्लेख गरे।

उप कार्यकारी निर्देशकले गत नोभेम्वारमा नेपाल सरकारको तर्फ बाट अर्थ मन्त्री डा युवराज खतिवडाको भ्रमण कृषि क्षेत्रको विकासमा जोड दिएको कुरा समेत सम्झना गराएका थिए । अमिर महम्म अब्दुलाहको छिटै नेपालमा भ्रमण कार्यक्रम रहेको जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics