सुरु भयो प्रि–मनसुन



यस वर्षको प्रि-मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सुवास रिमालले प्रि-मनसुन सुरु भइसकेकाले देशका पहाडी भेगको मौसम प्रभावित बनिरहने बताए । प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने उनको भनाइ छ । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने त्यसको असर पर्ने छैन ।

जुन दोस्रो सातादेखि सेप्टेम्बर चौथो साता नेपालका लागि सक्रिय मनसुन अवधि हो भने नोभेम्बर महिना मनसुन उत्तराद्र्ध अर्थात् ‘पोस्ट मनसुन’ अवधि हो।

डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरु हिउँदे वर्षाका रुपमा बुझ्ने गर्छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics