सेफ्टी ट्यांकीमा खसेर गैँडा मर्‍यो

चितवनमा सेफ्टी ट्यांकीमा खसेर गैँडा मरेकाे छ ।

भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगर ल्यान्ड होटेलको सेफ्टी ट्यांकी मा परेर शनिवार राति एउटा गैँडा मरेको हो ।

माघ २६, २०७४सालमा नै चितवन राष्ट्रिय निकुञ्जले, ‘सौराहा सेक्टर अन्र्तगतका मध्यवर्ती क्षेत्रहरूमा रहेको ठुलो तथा खतरायुतत् खाल्डो जस्तै : सेफ्टी गोबर ग्यासको खाल्डो आदीहरुमा गैँडा, बाघ, हात्ती लगायतका जनावारहरु फस्ने गरेको तथा फँसी मृत्यु समेत हुने सम्भावना त्यतिकै रहेको हुँदा सबै सरोकारवालहरूलाई जानकारी गराउँदै त्यस्ता खाल्डोहरू यथासिध्र पुर्न वा सुरक्षित रूपमा व्यवस्था गराउन हुन अनुरोध छ ।’ भनेर अनुरोध पत्रमा उल्लेख गरेको छ ।

तर अनुरोध पत्रको वास्ता नगरेको कारण गैँडाको ज्यान गएको देखिन्छ ।

अन्दाजी २५ वर्षको पोथी गैँडा निकुञ्जसँगै रहेको सो होटेलको सेफ्टी ट्यांकीको ढकनी कमजोर भएका कारण खसेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। उक्त गैँडालाई झन्डै ६ महिनाअघि सुस्ताबाट उद्धार गरी ल्याइएको थियो।

चितवन निकुञ्जमा चालु आर्थिक वर्षको ८ महिनामा ४१ गैँडा मरेका छन् ।९ वटा गैँडा निकुञ्ज भित्र र २ वटा गैँडा सामुदायिक वन क्षेत्रका मरेका हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics