हात्तीको दाह्रा सहित पक्राउ


काठमाडौंमा हात्तीको दाह्रा सहित प्रहरीले चार जनालाई प्रकाउ गरेको छ।

महाराजगंजबाट खटिएको प्रहरी टोलिले काठमाडौं महानगरपालिका - ३ सामाखुशीबाट करिब २ सय २९ ग्रामको हात्तीको दाह्रा १ थान सहित ४ जनालाई प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा धादिङ, थाक्रे गाउँपालिका -१० बस्ने २५ वर्षीय विकाश तामाङ, काभ्रे पनौती नगरपालिका-३ का ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोट ककनी गाउँपालिका-६ का ३८ वर्षीय राजकुमार लामा र खोटाङ बाह्रपोखरी गाउँपालिका-४ का ३१ वर्षीय फर्सुराम राई रहेका छन् ।

यसैगरी सोही ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु बसपार्कबाट कस्तुरीको वीना करिब २५ ग्राम सहित एक जनालाई प्रकाउ गरेको छ

प्रकाउ पर्नेमा काठमाडौं गोकर्णेश्वर बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका -९ का ४० वर्षीय खिमबहादुर घर्ति मगर रहेका छन् ।

पक्राउ व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics