वन्यजन्तुलाई खुल्ला छोडिन्छ,मानिसलाई खोरमा

हामीले सामान्यता चिडियाखानामा   वन्यजन्तुलाई खोरमा राखिएको र मानिस खुल्ला रूपमा वन्यजन्तुको अवलोकन   गरेको   देख्न गरेका छौं  । तर चीनको एक चिडियाखानामा यसको ठिक विपरीत छ ।

वन्यजन्तुलाई खुल्ला र मानिसलाई खोरमा राखेर नयाँ तरिका अपनाएको छ । चीनको ड लिहि लेडु वाइलन्डलाइफ जुमा वन्यजन्तुलाई खोरमा नराखी प्राकृतिक वासस्थानमा रमाउन दिने अभ्यास सुरु भएको छ ।

वन्यजन्तु प्राकृतिक वासस्थानमा रमाउँछन् र आगन्तुकलाई भने गाडिमा खोर जस्तै बनाएर भित्र हालिन्छ ।

आगन्तुकले सिंह, बाघ र चितुवा र अन्य वन्यजन्तुलाई खोरको सानो खुल्ला ठाउँबाट खानेकुरा दिने गर्छन् । चिडियाखानाको  प्रवक्ता  छान लालङका अनुसार मानिसहरूलाई खतरा नभई वन्यजन्तुको आक्रमणको अनुभूति दिलाउनको लागि यो नयाँ तरिका अपनाएको बताए ।

आगन्तुक लाई खोरमा हुँदा हात र अउलाँ बाहिर निकाल्न निषेध गरिएको छ । वन्यजन्तुलाई आकर्षक लागि मासु दिन मिल्ने व्यवस्था रहेको छ । खोर राखिएको गाडिले मानिसलाई बच्चाउने गर्छ ।

यो चिडियाखाना चीनमा निक्कै लोकप्रिय रहेको छ । मानिसहरूले आफ्नो मनपर्ने वन्यजन्तु खुल्लासँग प्राकृतिक रूपमा रमाएको देख्न सकछन । आगन्तुकका अनुसार यो भन्दा पहिला यसरी वन्यजन्तुसँग नजिक भएर रमाउने अवसर नपाएको बताउने गरेका छन् । आगन्तुकले वन्यजन्तु हेर्छन् भने वन्यजन्तु मानिसलाई आफ्नो खानेकुरा जस्तै हेर्ने गरेको आगन्तुक टेव जेनले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics