यसरी मनाइयो जैविक विविधता दिवस

‘खाद्यान्न र स्वस्थ जीवनका लागि जैविक विविधता’ नाराको साथ विभिन्न कार्यक्रम गरेर अन्तर्रा्ष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाण्डौको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षारोपण कार्यक्रम आयोजना र्गयो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको विरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे ।

त्यस क्रममा मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखाका प्रमुख, संरक्षणविद् तथा स्थानीयले पनि वृक्षरोपणमा सहभागि भएका थिए । कार्यक्रममा मन्त्री बस्नेतले मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको चर्चा गर्दै सरकार, सरोकारवाला र आमनागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए।

सरकार एक्लैले जैविक विविधता संरक्षण गर्न नसक्ने भन्दै उनले आम नागरिकको सहभागिताका लागि अपील गरे । ‘जैविक विविधताको संरक्षण सरकार एक्लैले गरेर सम्भव छैन’, मन्त्री बस्नेतले भने ‘सरकारले नेतृत्व लिन्छ । स्थानीय समुदाय र निजी क्षेत्रले सरकारलाई सघाउनुपर्छ ।’

सरकारले जैविक विविधता संरक्षणलाई आफ्नो प्राथमिक कार्य सूचीमा राखेको भन्दै मन्त्री बस्नेतले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पर्याप्त ध्यान दिइएको जानकारी दिए । सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics