चिनबाट २ ब्रुमर काठमाडौं ल्याउदै


चीनको छिन्दू नगरले काठमाडौं महानगरपालिकालाई अनुदानमा दिने भनेको दुईवटा ब्रुमर काठमाडौं ल्याउदै छ । २ वटा उक्त ब्रुमर शुक्रबार नेपाल तर्फ लागेको हो ।

चीनले पठाएको सो ब्रुमर युरो ४ मापदण्ड अन्तर्गत रहेको छ । बु्रमरको लम्बाई ८.६ मिटर र चौडाइ ३.५ मिटर रहेको छ । १५.८ मेट्रिक टन तौल भएका उक्त बु्रमर उपत्यका आएपछि ब्रुमर परिचालन रुट बढाउने महानगरपालीको योजना रहेको महानगरपालिका सहरी व्यवस्थापनले जनाएको छ।

अनुदानमा दिइएको सो ब्रुमर काठमाडौं आइपुग्न ७ देखि १० दिन लाग्ने महानगरपालिका सहरी व्यवस्थापनले जनाएको छ ।

सो ब्रुमरले प्रतिघण्टा ३ देखि २० किलोमिटर सडक सफा गर्न सक्ने छ । हाल महानगरले ५ वटा ब्रुमर उपत्यकाका मुख्य सडक सफा गर्नका लागि प्रयोग गर्दै आएको छ ।

महानगरले ५ वटा ब्रुमर ८ करोड ६६ लाख १२ हजार ४६० रुपैयाँमा खरिद गरेको थियो । ४ वटा ठूला ब्रुमर १ करोड ७९ लाख ५३ हजार ११५ रुपैयाँको दरमा खरिद गरिएको हो भने अर्को सानो ब्रुमरको १ करोड ४८ लाख रुपैयाँमा खरिद गरिएको थियो ।

उक्त बु्ररुमर चैत्र १२ गतेबाट आधिकारीक रुपमा सञ्चालनमा ल्याइएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics