वन क्षेत्रमा सैनिकीकरण अस्विकार



वन क्षेत्रमा सैनिक राख्ने सरकारको निर्णय  मान्य नहुने अन्तरष्ट्रिय सामुदायिक वन सञ्जालका संयोजक घनश्याम पाण्डेले बताए । यो विषयलाई सास्कृतिक, राजनितिक, अर्थराजनितीक रुपमा समेत छलफल हुन आवश्यक रहेको उनले बताए । उनेले भने , “बन्दुक र सेनाबाट संरक्षण सम्भव हुदैन यसकारण वन क्षेत्रमा संरक्षण क्षेत्रमा लोकतान्त्रिकरण लिनुपर्छ ।” पारिवारिक निजी वन संघ नेपालको दोश्रो वार्षिक उत्सवको अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

पारिवारिक निजी वन संघ नेपालमा आफ्नो दोस्रो वार्षिक उत्सवमा ३६ जिल्लाका जिल्ला वन कार्यालयमा आफ्नो मागहरु बुझाएका छन् । पारिवारिक निजी वनलाई सरकारको प्राथमिकता प्राप्त कार्यक्रममा समावेश गरियोस्, नेपालको वन क्षेत्रसम्बन्धी कुनै पनि नीति निर्माण र निर्णय गर्दा पारिवारिक निजी वन क्षेत्रको प्रतिनिधित्वको सुनिश्चिता गरियोस् त्यसैगरी आफनो आवादीमा हुर्काइएका रुखहरुवाट उत्पादित काठ निर्वाधरुपमा ओसार प्रसार गर्ने वातातरण मिलाइयोस । काठ ओसार प्रसारमा भएको झन्झटिला प्रक्रियाको अन्त्य गरियोस लगायातका १२ वटा मागहरु बुझाएको छ ।

पारिवारिक नीजि वन संघ नपालको दोश्रो वार्षिक उत्सव सम्पन्न


पारिवारिक नीजि वन संघ नपालले दोश्रो वार्षिक उत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा राजधानीमा अन्तक्र्रिया कार्यक्रम गर्दै नीजि वन व्यक्तिले उपयोग गर्न पाउनु पर्ने र यसमा सरकारले कुनैपनि हस्तक्षेप गर्न नहुने संघका अध्यक्ष जोगराज गिरीले बताए ।
स्थापना दिवसको अवसरमा आयोजित परिवारिक निजी वन, आज र भोली विषय अन्तक्रिय कार्यक्रममा विभिन्न वन क्षेत्रमा काम गर्न संघ सस्थाको वन कानुनी जटिलता, किसानहरुले भोगेका समस्याको बारेमा छलफल भएको थियो ।

पारिवारिक नीजि वन संघ नेपाल नीजि वनको उपयोग सरकारको रोकतोक विना नै व्यक्तिले प्रयोग गर्न पाउनुपर्नेमा जोड दिदै आइरहेको छ । पारिवारिक निजी वन संघ, नेपाल निजी वन संरक्षण र यसको उपयोगिताको बारेमा आम मानिसमा सुचना दिँदै आइरहेको छ । यसले आम मानिसमा निजि वनको उपयोगिताको बारेमा जानकारी गराउँदै वृक्षारोपण, उद्यम विकाश र निजि वनको हक अधिकारका पक्षमा विविध क्रियाकलाप गर्दै आइरहेको छ । ०७१ फागुन २४ गते काठमाडौंमा सम्पन्न पारिवारिक अर्थात् निजी वन किसानहरूको राष्ट्रिय सम्मेलनले पारिवारिक निजि वन संघको स्थापना गरेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics