जल तथा मौसम सप्ताह मनाइदै



नेपालमा चैत्र ४ देखि १० गतेसम्म सप्ताहब्यापी कार्यक्रमको आयोजना गरी विश्‍व पानी दिवस र विश्‍व मौसम दिवस मनाउन लागिएको छ। फोहोर पानीको पूनर्प्रयोग भन्ने नाराकासाथ यो वर्षको पानी दिवस मनाउन लागिएको छ ।

सप्ताहब्यापी कार्यक्रमको लागि जल तथा उर्जा आयोगको नेतृत्वमा नेपालका सरकारी तथा गैह्र सरकारी क्षेत्रका संघ संस्थाका प्रतिनिधि रहनेगरी राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समिति गठन गरि यो दिवस मनाउन लागिएको हो । जल तथा उर्जा आयोगको सचिवालयका सचिव मधुसुधन अधिकारीको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिले पानी र मौसम सम्बन्धी सप्ताहब्यापी कार्यक्रमहरु आयोजना गर्नेछ ।

मार्च २२ तारिखको दिन विश्‍वभर मनाईने विश्‍व पानी दिवस र मार्च २३ को दिन मनाईने विश्‍व मौसम दिवसको सन्दर्भ पारेर नेपालमा पनि राष्ट्रिय जल तथा मौसम सप्ताह देशब्यापी रुपमा मनाउन लागिएको हो।

विश्‍वभर नै जलवायु परिवर्तनका कारण पानीका श्रोतहरु घट्दै गइरहेको र विषम मौसमी घटनाहरुमा आएको वृद्धिले जनसाधारणको दैनिकीमा पर्न गएको संकटलाई ध्यानमा राख्दै यस्तो सप्ताहको आयोजना गर्न लागिएको हो । विश्वमा नै सफा पानीको संकट पर्ने अवस्थामा स्वच्छ पानीको महत्वबारे जनचेतना फैलाउदै पानीको स्रोत  दिगो ब्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माण तहसम्म ध्यानाकर्षण गराउनुको साथै फोहोर पानीको प्रशोधन पूनर्प्रयोग को महत्व र यसको विविध प्रयोगमा वृद्धिको लागि जोड दिनु नै यस कार्यक्रमको मूल उद्देश्य रहेको छ ।

यसै अवसरमा नेपालमा आयोजना गर्न लागिएको नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७३ मा फोहोर पानीको पूनर्र्नयोग र सरसफाइ, नदी तथा जलाधार को साथै मौसम सम्बन्धी चेतनामुलक विविध प्रकारका कार्यक्रमका साथै अध्ययन अनुसन्धानका परिणामबारे छलफल गोष्ठीको आयोजना हुने भएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics