मौसममा परेको प्रभाव कम गर्न मौसम दिवस



विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ ।

यसै दिवसका अवसरमा सप्ताहव्यापी रुपमा जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया, गोष्ठीलगायत सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

विश्वमा बढ्दो तापक्रम र यसले वातावरण्मा पारेको असरलाई मध्यनजर गर्दै विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो ।

जनसङ्ख्या वृद्धिका कारण पृथ्वीको तापक्रम बढ्दो छ । र यसले वातावरण र मौसम नकरात्म प्रभाव पार्दै गएको छ ।

तथ्यांकअनुसार प्रत्येक वर्ष जलवायु परिवर्तनका कारण विश्वभर १२ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । बढ्दो वन जंगल विनास र अव्यवस्थित औद्योगिकरणले मौसममा प्रतिकुल असर पर्दै गएको मौसमविद्हरुको निष्कर्ष छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics