विनास गर्दै फट्याङ्ग्रा



फट्याङ्ग्राले विनास निम्त्याएपछि बोलिभियामा संकटकाल घोषणा गरिएको छ । खाद्यान्न र मासुजन्य पदार्थको उत्पादन हुने प्रमुख क्षेत्रमा फट्याङ्ग्राको कारण विनास बढेपछि सरकारले संकटकाल घोषणा गरेको हो ।

राष्ट्रपति इभो मोरालेसले फट्याङ्ग्रा नियन्त्रणका लागी बिशेष योजना बनाएको बताउँदै धुँवाको माध्यमबाट फट्याङ्ग्रा नियन्त्रण गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।बोलिभियामा सरकारले फट्याङ्ग्रा नियन्त्रण गर्न ७ लाख डलरको कोष निर्माण गरेको छ ।

सबैभन्दा बढी प्रभावित सान्टा क्रुजको अधिकांश बाली फट्याङ्ग्राले नष्ट गरेको स्थानिय कृषि अधिकारीलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics