सुरक्षित वातावरण तयार गर्ने सबै सहयोग आवश्यक : राष्ट्रपति भण्डारी



नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र समुदाय विकास साझेदारलगायत आम नागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने राष्ट्रपति विद्या देवी भण्डारीले बताएकी  छन् ।

विश्व वातावरण दिवसका अवसरमा जनसङख्या तथा वातावरण मन्त्रालयद्धारा आज आयोजित समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वातावरणमैत्रि आर्थिक विकास तथा समाजिक रुपान्तरण हुनुपर्न बताइन ।

समारोहमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै आर्थिक, सामाजिक विकासले गति लिइरहेको अवस्थामा वातावरण विकासले समेत गति लिन थालेको बताए ।

त्यसैगरी वातावरण संरक्षण समितिका कार्यवाहक सभापति मानबहादुर विश्वकर्माले भने ,“ संविधानको कार्यान्वयनस्वरूप वातावरण संरक्षण तथा प्रवद्र्धनबारे स्थानीय निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने छ । ”

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले पछिल्लो तथ्याङ्कअनुसार वन क्षेत्रले ओगटेको क्षेत्र विगतको तुलनामा झन्डै पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको बताएका छन् ।

सन् १९७२ मा सम्पन्न संयुक्त राष्ट्र सङ्घको साधारणसभाले विश्वमा हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाउने घोषणा गरेअनुरूप विश्वभर विभिन्न कार्यक्रमसहित जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिएको पाइन्छ । यस वर्षको नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त’ भन्ने रहेको छ ।



मन्त्रालयले यस वर्षको ‘वातारण संरक्षण पुरस्कार’ महिला बालबालिका तथा वातावरण सुधार केन्द्र मकवानपुरलाई प्रदान गरेको छ । सोही पुरस्कार वातावरण अभियन्ता कैलालीका लालबहादुर रावललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख ५० हजार रहेको छ ।

त्यसैगरी, वातारण संरक्षण महिला पुरस्कार इन्दिरा पराजुली (कास्की)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ । वातारणमैत्री उद्योग पुरस्कार युनिलिभर नेपाल (संस्था), वातारण पत्रकार पुरस्कार लक्ष्मीप्रसाद उपाध्यक्ष र जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार अभिषेक श्रेष्ठ (मोरङ)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु २५ हजार, ५० हजार र २५ हजार रहेको छ ।



सोही अवसरमा राष्ट्रपति भण्डारीले वातावरण संरक्षणका लागि मोटरसाइकलमा दक्षिण एसियाली मुलुक यात्रा गर्न लागेका युवालाई नेपालको झन्डा प्रदान गरेकी थिइन ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics