तरकारीको मूल्य बढ्यो



गत साताको तुलनामा यो साता तरकारीको मूल्यमा वृद्धि आएको छ । यो साता सबैभन्दा बढी च्याउको मूल्यमा वृद्धि आएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । गएको हप्ता प्रतिकिलो ११० रुपैयाँ रहेको च्याउको मूल्य अहिले बढेर १८५ पुगेको छ । यसै गरी स्थानीय काउली २७ रुपैयाँ बढेको छ । गएको हप्ता प्रतिकिलो थोक मूल्य ५१ रुपैयाँ रहेको काउली अहिले बढेर ७८ पुगेकोे छ ।

यी बाहेक अन्य तरकारीहरुको मूल्यमा खासै घटबढ भएको छैन । तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, 'अहिले केही तरकारीको भाउ अलि बढेको देखिन्छ । तर तुलनात्मक रूपमा हेर्ने हो भने केही तरकारीको भाउ घटेको पनि छ ।'

अहिले आलुमा ४ रुपैयाँ, गाँजरमा २० रुपैयाँ, भेडे खुर्सानीमा २० रुपैयाँ, बन्दामा ३ रुपैयाँ साथै मूला, बोडी, लगायतको अन्य तरकारीको मूल्य केहीमात्रामा बढेको छ ।

त्यस्तै, हरियो खुर्सानी, भिण्डी, परवर, गोलभेडा, काक्रो लगायतका तरकारीहरुको मूल्य भने घटेको छ । गएको हप्ता प्रतिकिलो थोक ७३ रुपैयाँ पर्ने हरियो खुर्सानी ४८ रुपैयाँ, ५५ पर्ने भिण्डी ३३, ३८ पर्ने परवर २८, ४२ पर्ने गोलभेडा ३८ र ६८ पर्ने काँक्रो ६३ रुपैयाँमा झरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics