रामेछापकाे खिम्तीमा बाढी, २ काे मृत्यु ३ बेपत्ता

फाइल फाेटाे


रामेछापको लिखु गाउँपालिका ७ खिम्तीमा शनिबार राति आएको बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ भने ३ जना वेपत्ता भएका छन् । बाढीबाट ६ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढीमा परी मृत्यु हुनेमा स्थानीय कुमार खत्री र उनकी अामा ७५ वर्षीया बालकुमारी खत्री रहेकाे प्रहरीले जनाएकाे छ।

शनिबार दिउँसो देखि खिम्ती क्षेत्रमा अविरल वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छतिवनेमा बाढी बढेपछि खोलाको पुल बगाएपछि पुल नजिकको घर समेत बगाएको छ । प्रहरीका अनुसार पुल नजिकैको २ घर बगाएको छ । ती घरमा कति मानिस थिए भन्ने अझै यकिन भएको छैन ।

खिम्ती र फर्पु क्षेत्र जिल्लाका बाढी प्रभावित उच्च जोखिममा पर्ने क्षेत्र हुन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जिल्ला सदरमुकामबा उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् । बाटोका कारण घटनास्थलमा पुग्न कठिनाइ भएको छ । उनले तत्काल उद्धार र राहतको कामलाई तीव्रता दिने बताएका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics