मध्य वर्षामै कमजाेर मनसुन


लगातार वर्षा हुँदा अघिल्लो साता २६ डिग्री सेल्सियसमा झरेको अधिकतम तापक्रम वर्षा रोकिएसँगै ३१ डिग्री सेल्सियस पुगेको छ । महाशाखाले बुधवारको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पुर्वानुमान गरेको छ ।

मध्य वर्षाको समयभएपनि देशभर अहिले वर्षा हुन सकेको छैन । वंगालको खाडीबाट न्युनचापीय रेखा दक्षिणतर्फ सरेकाले विगत केहीदिनदेखि वर्षा हुन नसकेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो साताभर मनसुन सक्रिय हुँदैन । महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘यो साता छिटफुट वर्षा भए पनि ठुलो पानी पर्ने सम्भावना धेरै कम छ ।’

न्युनचापीय रेखा नेपालतर्फ सर्न केही समय लाग्ने भएकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको हो । मौसमविद् श्रेष्ठले भने, 'अर्को सातादेखि पुनः मनसुन सक्रिय हुन्छ ।'
नेपालमा सामान्य अवधिमा अर्थात् जुन १२ मा नै मनसुन भित्रिएपनि सुरुवातमै राम्रो वर्षा हुन सकेन । प्रवेश गरेको एक सातापछि सक्रिय भएको मनसुन फेरी मध्य वर्षाको समयमा नै निष्क्रिय भएको छ ।

पानी पर्न छोडेपछि उपत्यकासँगै देशका अधिकांश भूभागमा गर्मी बढेको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित दिपायल, धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज लगायतका क्षेत्रहरूमा तापक्रममा वृद्धि आएको छ । मौसमविद् श्रेष्ठले भने, ‘लगातार वर्षा हुँदा अघिल्लो साता २६ डिग्री सेल्सियसमा झरेको अधिकतम तापक्रम वर्षा रोकिएसँगै ३१ डिग्री सेल्सियस पुगेको छ ।’ महाशाखाले बुधवारको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पुर्वानुमान गरेको छ ।

महाशाखाले यो वर्ष मनसुनको पहिलो महिना अर्थात् जुन महिनामा औसतमा वर्षा भएको जनाएको छ । मौसमविद् श्रेष्ठले सुरुका केही दिनमा मनसुन निष्क्रिय भए पनि सक्रिय भएपछि जुन महिनामा औसतमा वर्षा भएको जानकारी दिए । उनले भने ‘जुन महिनाको तुलनामा जुलाईमा जति वर्षा हुनुपर्ने हो त्यति हुन सकेको छैन ।’

महाशाखाले यो वर्षको मनसुनमा औसतमा वर्षा हुने प्रक्षेपण यस अघि नै गरेको थियो । यो वर्ष प्रिमनसुनको समयमा समेत राम्रो वर्षा भएको थियो । नेपालमा सामान्यतया जेठ अन्तिम सातादेखि भदौ अन्तिम सातासम्म चार महिनाको अवधिमा मनसुन सक्रिय हुने गरेको छ । यो मनसुनी अवधिमा ८० प्रतिशत वर्षा हुने गर्छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics