बर्षाले लार्चाको पुल भाँचियो, भोटेकोसी थुनिने जोखिम

अविरल वर्षाको कारण सिन्धुपाल्चोकको दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल भत्किएको  छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्ण रूपमा विच्छेद भएको छ।

स्थानीय साढे ८ बजे गाउँ नै थर्काउने गरी पहरो फुटेको आवाज आएको थियो। २०५३ साउन ७ गते पनि सोही ठाउँको भैरवकुण्ड खोलामा बाढीसँग पहिरो खस्दा लार्चा पुल बगाएको थियो।

पुल भोटेकोसीमा खसेपछि सीमा जोड्ने करिब ५ किमि क्षेत्रमा यातायात पूरै रोकिएको छ। भूकम्पले चर्केपछि चीन सरकारले पुलको तल्लो भागमा फलामको संरचना बनाएर अड्याएको थियो।

भूकम्प र भोटेकोसी बाढीले दुई वर्षदेखि सुनसान हुँदै गएको तातोपानी नाका पुल भत्किएपछि थप संकटमा परेको छ। सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीका अनुसार पहिरोका कारण स्थानीय त्रस्त छन्। उनले भने ‘रातको समय भएकाले स्थानीयलाई सकभर सुरक्षित भएर रहन आग्रह गरेका छौं,’  ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics