गोसाइँकुण्डमा पाँच हजार केजी फोहर संकलन

गोसाइँकुण्डबाट करिब पाँच हजार केजी फोहर संकलन भएको छ । गोसाइँकुण्ड क्षेत्रको वातावरण स्वच्छ पार्ने उदेश्यले गत हप्तादेखि शुरु गरिएको सरसफाई फोहोर संकलन गरिएको हो ।

अभियानकर्मीको अनुसार धार्मिक मार्गमा जुसका बट्टा तथा बिस्कुट र चाउचाउका खोल बढी मात्रामा भेटिएको तथा कुण्डका आसपासमा मानिसका करिब १५ हजार वस्त्र पाइएको छ ।

वर्षमा एक पटक यो ठाउँमा सफाई अभियान हुने गरेको छ ।

सरसफाइबाट संकलित करिब पाँच हजार केजी फोहर सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको अभियानकर्मीले जानकारी दिए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics