किन हुन्छ चराहरुको प्वाँख रंगीबिरंगी ?



चराहरुको प्वाँख रंगीबिरंगी किन हुन्छ ? यो प्रश्नको जवाफ एक पंक्षी विशेषज्ञले खाजेका छन् । स्पेनका पंक्षी विशेषज्ञ डा. इस्माइल गाल्वानले करिब ९ हजार प्रजातीका पंक्षीहरुको अध्ययन गरेपछि यो प्रश्नको जवाफ भेटेका हुन् ।

उनको अनुसन्धानले देखाएअनुसार पंक्षीहरुको प्वाँख रंगीबिरंगी हुनुको पछाडि मैनालिन नामक पिगमेन्ट हो । पिगमेन्ट यस्तो पदार्थ हो जसले कुनै पनि प्रकाशलाई रंगीबिरंगी रुपमा परावर्तन गरिदिन्छ । पंक्षीका प्वाँखहरुका रंगीबिरंगी बुट्टाहरुमा यही मैनालिन नामको पिगमेन्ट हुन्छ जसले प्रकाशलाई परावर्तन गर्दा हामी रंगीविरंगी बुट्टाहरु देख्छौँ ।

पंक्षीहरुमा यस्तो रंगीबिरंगी बुट्टाहरु प्रकृतिले नै बनाइदिएको हुन्छ । यसप्रकारका बुट्टाले उनीहरुलाई आफ्ना शत्रुबाट बच्न मद्दत गर्छन् । प्वाँखका रंगले पंक्षीहरुलाई आफू अनुकूल वातावरणमा घुलमिल हुन मद्दत गर्छन् । यस्ता रंगहरु बनाउनको लागि पंक्षीहरुलाई क्यारोटिनाइड नामको तत्वको आवश्यकता पर्छ । क्यारोटिनाइडले रंगलाई चक्मिलो बनाउँछ । तर, पंक्षीहरुले क्यारोटिनाइड आफैं उत्पादन गर्न सक्दैनन् । यसका लागि उनीहरुले क्यारोटिनाइड उत्पादन गर्ने तत्वहरु भएका कुराहरु खाने गर्छन् । एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics