टेलिकमले ल्यायो १३० टिभि च्यानल हेर्न मिल्ने एप्स



नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले टिभी, विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एपमार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् ।

टेलिकमले यो सेवा उपलब्ध गराउने ‘वाउटाइम’ एप्स सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो ।

यो एप्समार्फत लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । त्यसैगरी विभिन्न विधाका चलचित्र, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एप्समार्फत सुन्न सकिन्छ ।

यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

कसरी प्रयोग गर्ने ?

यो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics