जलवायु परिवर्तनको असर मानव स्वास्थ्यमा

जलवायु परिवर्तनको असर मानव स्वास्थ्यमा देखिन थालेको आज सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रय सम्मेलन जनाएको छ । काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सद्वारा शुक्रबारदेखि काठमाडौँमा आयोजित सम्मेलनको समापनका क्रममा सहभागी राष्ट्रका प्रतिनिधिले जलावायु परिवर्तनको समस्या समयमै समाधान गर्न सम्बन्धित मुलुकका सरकार प्रमुखलाई सुझाव दिने प्रतिवद्धता गरेका छन् ।

नेपाल, भारत, बंगलादेश, इरान, इटली, संयुक्तराज्य अमेरिकालगायत दुई दर्जन मुलुकका विज्ञ तथा कृषि, वातावरण विषयका करिब १५० विद्यार्थीले गरेका अनुसन्धानपत्र सम्मेलनमा प्रस्तुत गरिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics