चीनलाई चार गैंडा उपहार

फाइल फाेटाे


छ महिनामा नेपालले चीनलाई चारवटा गैंडा उपहार दिने योजना  बनाएको छ । नेपाल र चिनियाँ सरकार बिच आइतबार सम्पन्न भएको सीमा वारपार बैठकले  दुई जोडि एकसिंगे  गैंडा हस्तरणका लागि कार्ययोजना बनाएको छ ।भेटेरिनरी चिकित्सकसमेतको सहभागितामा आइतबार बसेको बैठकले चीनको वन मन्त्रालयबाट आएका सातजना अधिकारीसमेत सहभागी थिए ।

वन तथा भू संरक्षण मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डा.महेश्वर ढकालका अनुसार समयमा काम गर्ने सके आगामी ६ महिनामा चीनलाई  गैंडा  उपहार दिने सक्ने बताए । उनले भने ,‘यसरी गैंडा दिदा दुई छिमेकी देशको सम्बन्ध राम्रो हुने र गैंडाको बारेमा थप अध्ययन अनुसन्धन हुने भएकाले दिन लागिएको हो । ’

गैंडा हस्तरण पूर्व जंगलमा बसको गैंडालाई आनिबानी र खानपिनमा परिवर्तन तथा व्यवहार परिवर्तनका लागि वातावरण अनुकुलित गर्ने उदेश्यले खोरमा (इन्क्लोजर) राखिने छ । नेपालको गैंडा चीनको सांघाई र ग्वान्जाओमा पार्कमा राखिने छ ।

यो भन्दा अघि चिनियाँ टोली गैंडा हेर्न चितवन निकुञ्जमा गत पुसमा आएको थिए । त्यसै गरी नेपाली टोली चैत्र २९मा गैंडा राख्ने ठाउँ (बासस्थान)को बैज्ञानिक अध्ययन गर्न चीन गएको थियो ।विगतमा आफ्नो देशमा पनि गैंडा भएको र विविध कारणले मासिएकाले फेरि गैंडाको संख्या बढाउन चाहेको भन्दै गत वर्ष अघि माघमा चीन भ्रमणमा गएका तत्कालीन वनमन्त्री अग्नि सापकोटासँग चिनियाँ समकक्षीले गैंडा मागेका थिए ।

२०७३ साल असार २६ गते तत्कालीन केपी ओलीको अध्यक्ष्यतामा बसेको मन्त्रिपरिषद बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको थियो । यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैंडा उपहार दिएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics