खच्चर बिक्री गर्न प्रतिस्पर्धा



यातायातको सुविधा भएपछि कालीकोट जिल्लामा खच्चर व्यवसाय ओझेलमा पर्दै गएको छ । रास्कोट क्षेत्र र पचालझरना गाउँपालिकासम्म खच्चर व्यवसाय अहिले ओझेलमा परेको हो । यातायातको सुविधा भएपछि कालीकोट जिल्लामा खच्चर व्यवसाय ओझेलमा पर्दै गएको छ । रास्कोट क्षेत्र र पचालझरना गाउँपालिकासम्म खच्चर व्यवसाय अहिले ओझेलमा परेको हो । खच्चर व्यवसायी यातायातका साधनप्रति आकर्षित हुँदै  खच्चरको व्यवसायी छोडेका छन् ।

खच्चर व्यवसाय गर्दै आएका रास्कोट नगरपालिकाका सन्तोष रोकायले ट्रक खरिद गरेका छन् तर गाडी पुग्न नसक्ने क्षेत्रमा भने पाँचवटा  खच्चर कायमै राख्नुभएको छ । यस्तै, त्यसैगरी पचालझरना गाउँपालिका–१ का वसन्त ऐडीले खच्चर बिक्री गरेर गाडी किन्ने तयारी गरिरहेका छन् । खच्चर किन्नका लागि एक समयमा प्रतिस्पर्धा नै चल्थ्यो । तर अहिले खच्चर बिक्री गर्न प्रतिस्पर्धा हुने गरेको छ ।

कुनै समयमा स्थानीयले आफैँ बोक्ने भारी पछिल्लो समयमा खच्चरमा ढुवानी गर्न थालिएको थियो ।  जिल्लामा रहेका खच्चर व्यवसायी अहिले मुगु, बाजुरा, हुम्लालगायत जिल्लामा आफ्नो व्यवसाय गरिरहेको छन् । जिल्लामा अहिले खच्चरको संख्या तेब्बर घटेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics