भारत पुगेकाको गैंडाको उद्दार सकियो, अब नेपालमा सुरु


चार महिना अघि चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुगेको गैंडाको उद्धार सकिए लगत्तै नेपालको त्रिवेणी केउलेनी सामुदायक वन क्षेत्रका गैंडा उद्धार कार्य बुधबारदेखि सुरु गरिएको छ ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण रामचन्द्र कँडेलका अनुसार एउटा बच्चा गैंडा र अर्का वयस्क गैंडा त्रिवणीमा क्षेत्रमा रहेको छ ।भारतमा नै गैंडा उद्धार गरेको टोलीले नेपालको गैंडा उद्धार कार्यमा खटिएका छन् ।


पाँच दिनसम्मको प्रयास पछि पनि नेपालको त्रिवेणी क्षेत्रमा रहेको गैंडा उद्धार गर्न नसकिएपछि उद्धार टोली भारत तर्फ लागेका थिए । पशुचिकित्सक र प्राविधिक सहितको ४० जनाको टोली र ६ वटा हात्ती गै‌डा उद्धारका लागि खटिएका छन् ।उद्धार टोलीले नेपालबाट एउटा केटो गैंडा र भारतबाट नौ वटा गैंडा उद्धार गरिसकेको छ ।  भारतबाट उद्धार गरिएको गैंडामा ८ वटा पोथी गैंडा र एउटा केटो रहेको थियो । बाढीले बगाएर गैंडालाई भारत नै पुर्याएको घटना अधिल्ला वर्षहरुमा थिएन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics