चीनले समुन्द्रमा बनायो संसारकै सबैभन्दा लामो पुल



छिमेकी मुलुक चीनले विज्ञान र विकासको क्षेत्रमा गरेको अध्याधुनिक प्रविधि विस्तारले विश्वलाई नै चकित तुल्याउँदै आएको छ । पछिल्लो समयमा चीनले समुन्द्रमाथी ५५ किलोमिटर लामो समुन्द्री पुल तयार गरेर विश्वसामु चर्चाको पात्र बनेको छ ।

सन २०११ बाट निर्माण आरम्भ भएको उक्त पुल सन २०१८ को पहिलो दिन अर्थात् जनवरी १ तारिखमा उद्घाटन गर्न लागिएको हो ।

यो पुलले हङकङ–मकाउ–झुवाई प्रान्त जोड्नेछ । यो संसारकै लामो पुल हो । चार लाख २० हजार मेट्रिक टन स्टिलको प्रयोग गरी यो पुल निर्माण गरिएको हो । यो पुलमा प्रयोग गरिएको स्टिलले ६० वटा आइफिल टावर बनाउन पुग्ने दाबी चिनियाँ निर्माण पक्षले गरेका छन् ।

सन २०१६ मै निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने भनिएको यो पुल केही समय भ्रष्टाचारको मुद्दामा समेत परेको थियो । जसले गर्दा निर्माण समय लम्बिएको थियो । यो पुलको निर्माण चीन, हङकङ र मकाउले संयुक्त रूपमा गरेका छन् ।

पुल सञ्चालनमा आएपछि हङकङ–मकाउ–झुवाई प्रान्तको यात्रा एक घण्टामै खुम्चिने विश्वास गरिएको छ । सन २०१८ भित्रै ग्वाञ्जाओ–सेनजेन–हङकङ क्रसबोर्डर एक्सप्रेस रेलवे नेटवर्क पनि सम्पन्न हुने चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो पुलले ८ म्याग्नीच्युटको भूकम्प थेग्न सक्छ भने ३ लाख टनको कार्गो आवतजावत गर्न सक्छ । १८।८ माइल पानीमाथी निर्माण भएको छ भने ४।३ माइल पानी मुनी सुरुङमा निर्माण भएको छ ।

यो पुलको निर्माण लागत ११५।९ बिलियन युआन९चिनियाँ मुद्रा० लागेको प्रारम्भिक प्रक्षेपण गरिएको छ । चीनले समुन्द्रमा पुल बनाएसँगै नेपालका डाँडापाखामा पनि पुल बनाएर रेल गुडाउन सकिने सम्भावनालाई उजागर गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics