शुक्लाफाँटाको घाँसे मैदानमा अनुसन्धान



शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धानको कार्य सुरु भएकोे छ ।

डार्बिन परियोजना सुरु भएपछि वैज्ञानिक अनुसन्धानको कार्यलाई अगाडि बढाइएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार निकुञ्जमा घाँसे मैदान वैज्ञानिक व्यवस्थापन तथा अनुसन्धानको कार्य भइरहेको छ ।

जुलोजिकल सोसाइटी अफ लण्डन, नेपाल अफिसका निरीक्षण एवं सर्भेक्षण अधिकृत प्रदीपराज जोशीले सिंहपुरफाँटाको २० हेक्टर घाँसे मैदानलाई पाँचवटा ब्लकमा विभाजन गरी हरेक ब्लकलाई फरकफरक क्रियाकलाप गरी वैज्ञानिक परीक्षणको कार्य भइरहेको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सहायक संरक्षण अधिकृत अनिल प्रसाईंल निकुञ्जलाई राष्ट्रिय अन्तर्रा्ष्ट्रियस्तरमा चिनाउने नै घाँसे मैदान भएकाले यो बाह्रसिंगे, बाघ, गैँडा र विभिन्न चराचुरुङ्गीको बासस्थानका रुपमा रहेकाले वन्यजन्तु र विचरणका दृष्टिले महत्वपूर्ण रहेको जनाकारी दिए ।

त्यस्तै निकुञ्जको मध्यवर्ती क्षेत्रमा उन्नत जातका पशु पालन, पशु बीमा, गोठ सुधार र पशु स्वास्थ्य केन्द्रको स्थापना लगायतका कार्य पनि भइरहेका छ ।

यस निकुञ्जमा सानाठूला गरी १२ ठूला तथा फराकिला खुला घाँसे मैदान रहेका छन् ।

बाह्रसिंगाको ठूलो बथान निकुञ्जको घाँसे मैदानमै आश्रित रहेको छ । यो निकुञ्ज संकटापन्न अवस्थामा रहेका बाघ, गैँडा, हात्ती, खरमजुर र सेतोकण्ठे धिप्सीलगायतका वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानका रुपमा रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics