पण्डितकाे अभियान -मास्कमुक्त काठमाडौं



नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मास्क बिना हिडन सक्ने काठमाडौं बनाउने अभियान तत्काल थाल्ने बताएका छन् ।

मन्त्री पण्डितले, अधिकास मानिसले मास्क बिनाको काठमाडौं बनाउन सुझाव, सल्लाह र अनुभव बाडिरहेको बताउँदै भने, “मानिसहरूले मलाई कति दिनभित्र काठमाडौँमा मास्क लगाउनु पर्दैन भनी पटक पटक प्रश्न गरिरहेका छन् । ”

उनले काठमाडौँको धुलोधुवाँले विकराल सामाजिक र स्वास्थ्य समस्या निम्त्याएको हुनाले समाधानका लागि योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले भने, “राजधानीलगायत मुलुकका अन्य भागमा पर्यावरण र वातावरण बिगार्नेलाई दण्डित गर्नु पर्छ र यसका लागि म पूर्ण प्रतिबद्ध भएर कार्य गर्नेछु ।”

नेतृत्व कायर, डरपोक र दिनमात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव नहुने बताउँदै आफू सधैँ त्यसको विपक्षमा रहेको स्पष्ट पारे ।

दीर्घकालीन रुपमा वातावरण बिगार्न ज–जसले भूमिका खेलिरहेको छ त्यसलाई बन्द गराउन सहयोगका लागि सबैसँग आग्रह गर्दै मन्त्री पण्डितले वातावरणका क्षेत्रमा गर्नुपर्ने कार्यको प्रतिबद्धतासहित केही दिनभित्रै आफूले कार्यक्रम सार्वजनिक गर्ने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics